• आइतबार, साउन १० २०८३

डा. चन्द्र भण्डारी र मह जोडीको संरक्षणमा १० लाखको जलन उपचार कोष स्थापना


बुधबार, भाद्र ६ २०८०
1.1K
Shares

काठमाडौँ । सांसद डा. चन्द्र भण्डारी, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य संरक्षक रहने गरी विपन्न बिरामीको उपचारका लागि जलन उपचार कोष स्थापना गरिएको छ ।

जनस्वास्थ्य सरोकार ट्रस्ट नेपाल र कीर्तिपुर नगरपालिकाको सहकार्यमा कृषि विकास बैङ्कमा हाललाइ १० लाख रुपैयाँ जम्मा गरेर अक्षय कोष स्थापना गरिएको कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले जानकारी दिए । कोषमा सांसद भण्डारीले एक लाख एक सय पाच रुपैयाँ प्रदान गरेका छन् ।

डा. नकर्मीका अनुसार कोषमा जम्मा भएको रकमबाट आएको ब्याजबाट कीर्तिपुर जलन अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार गरिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार