• आइतबार, साउन १० २०८३

अस्पतालबाटै पाँच लाखमा नवजात शिशु किनबेच गर्ने डाक्टरसहित ६ जना पक्राउ


बुधबार, भाद्र ६ २०८०
1K
Shares

काठमाडौं । विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु पाँच लाख रुपैयाँमा किनबेच भएको खुलेको छ। अस्पतालका चिकित्सक डा तपेश्वर लाल कर्णको योजनामा बिक्री भएको उक्त शिशुका लागि खरिदकर्ताले बच्चाका लागि पाँच लाख र उपचारका लागि थप दुई लाख रुपैयाँ दिएको खुलेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शिशु खरिद गर्ने दिलमाया राजवंशीले डा कर्णले शिशुको मूल्य पाँच लाख लिएको र उपचारका लागि थप दुई लाख रकम लिएको बयान दिएकी छिन्।

प्रहरीले मंगलबार दिलमायाको घरबाट उक्त शिशुको उद्धार गरेको छ। अविवाहित जोडीबाट जन्मिएको उक्त शिशु बेपत्ता पारिएको भन्दै शिशुकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन्।

घटनामा स‌ंलग्न रहेकाे भन्दै माेरङ प्रहरीले शिशु बिक्रि गर्ने चिकित्सक कर्ण, खरिद गर्ने दिलमाया, अस्पतालमा कार्यरत सुधा राजवंशी, दिलमायाका पती सूर्यनारायण राजवंशी, भोजपुरको हतुवागडी गाउँपालिका–४ का गोविन्द राई र सिरहाको कल्याणपुर नगरपालिका–१२ की निर्मला यादवलाई पक्राउ गरेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार