• शनिबार, साउन ९ २०८३

छात्र वृत्तिमा इजिप्टमा अध्ययन गर्न जानेको नाम सिफारिस


मंगलबार, भाद्र ५ २०८०
1.2K
Shares

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्र वृत्तिमा इजिप्टमा अध्ययन गर्न जानेको नाम सिफारिस गरेको छ ।

आयोगले मंगलबार सूचना जारी गर्दै एमडी, एमबीबीएस अध्ययन गर्न जानेको नाम सिफारिस गरेको हो ।

मंगलबार योग्य उम्मेदवारको भौतिक उपस्थितिमा भएको म्याचिङ कार्यक्रमबाट ५ जनालाई छनौट गरी सिफारिस गरिएको जनाएको छ ।

आयोगले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २९ साउनमा आएको पत्रअनुसार रिक्त आज छनौट गरिएको हो ।

सूचनामा ‘इजिप्ट सरकारले यस सम्बन्धमा निर्धारण गरेका आवश्यक सम्पूर्ण प्रक्रियाहरू उम्मेदवार स्वयमले पूरा गर्नुपर्नेछ ,’ सूचनामा भनिएको छ ।

सिफारिस भएका उम्मेदवारहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखा, सानोठिमी, भक्तपुरमा यथाशीघ्र सम्पर्क गर्न उपसचिव दामोदर फुयलद्वारा जारी गरिएको सूचनामा उल्ले छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार