• शुक्रबार, साउन ८ २०८३

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक १७ घण्टापछि खुल्यो


मंगलबार, भाद्र ५ २०८०
1.4K
Shares

काठमाण्डाै । मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएकाे छ । हिजाे साेमवार राति पहिराे खसेर बन्द भएकाे सडक झन्डै १७ घण्टापछि दुईतर्फी सञ्चालनमा आएकाे हाे ।

हिजाे राति ८ बजेतिर खसेकाे पहिराेका कारण पूर्णरूपमा बन्द भएकाे सडक पहिराे हटाएसँगै केही बेर अघिदेखि (दिउँसाे १२ बजेर ५५ मिनेटमा) सञ्चालनमा आएकाे सडक डिभिजन भरतपुरतले जानकारी दिएकाे छ ।

सङ्घीय राजधानी काठमाण्डाैलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने ‘लाइफलाइन’ का रूपमा रहेकाे याे सडक खण्ड बर्खायाम लागेसँगै पहिराेका कारण पटक–पटक बन्द हुँदै आएकाे छ । याे सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार