• शुक्रबार, साउन ८ २०८३

सुन तस्करीमा केपि ओलीको संलग्नता रहेको भन्दै मेटमणि चौधरीले गरे यही वर्ष पक्राउ पर्ने ठोकुवा


मंगलबार, भाद्र ५ २०८०
1.1K
Shares

काठमाडौँ । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् ।​​ मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

चौधरीले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाए । उनले सबै काण्डहरूमा अग्रपंक्तिमा केपी ओलीको नाम आए पनि किन पक्राउ नगरेको ? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको बताए । उनले पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद् अवरुद्ध गरिरहेको आरोप लगाए ।

उनले भने, ‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिसकेको छ, लगायतका जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन् । हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौँ । केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संसद् अवरोध गर्ने बखेडा झिकिरहेका छौँ । यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ । मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ ।’

प्रमुख सचेतक चौधरीले आफूले जे बोल्ने त्यो हुने र आफूले बोले अनुसार नै राजनीतिक कोर्ष अघि बढ्ने ठोकुवा गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार