• शुक्रबार, साउन ८ २०८३

डेंगुको प्रकोपः लामखुट्टेको लार्भा नष्ट गर्न वायो लार्भिसिद छर्कदै काठमाडौँ महानगर


मंगलबार, भाद्र ५ २०८०
3.3K
Shares

काठमाडौँ । देशभर डेंगुको प्रकोप बढेसंगै यसको संक्रमण फैलिन नदिन काठमाडौं महानगरपालिकाले लार्भा नष्ट गर्ने अभियान थालेको छ । महानगरले वायो लार्भिसिद छर्केर लामखुट्टेको लार्भा नष्टको अभियान चलाउने भएको हो ।

महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । उनले यो लार्भा नष्ट गर्न वायो लार्भिसिद छर्कने प्रणाली नेपालमै पहिलो पटक आफुले प्रयोग गर्न लागेको बताएका छन् ।

वायो लार्भिसिद जैविक औषधि भएकाले यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन ।

मेयर बालेनले लेखेका छन् ‘यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो ९मलेरिया०, चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।’

यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन महानगरले यसअघिदेखि नै निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालन ल्याएको उनले बताएका छन् ।

‘अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।’ बालेनले फेसबुकमार्फत जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार