• शुक्रबार, साउन ८ २०८३

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक हिजाे साँझदेखि बन्द, पन्छाउन दिनभर लाग्ने


मंगलबार, भाद्र ५ २०८०
2.3K
Shares

काठमाण्डाै । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोला नजिकै सुक्खा पहिरो गएको छ । पहिरोका कारण हिजो बेलुका ८ बजेदेखि सडक बन्द छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अनुसार सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको छ । दश घण्टादेखि सडक अवरुद्ध हुँदा धेरै गाडी रोकिएका छन् । यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार चार वटा डाेजर पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् ।

पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्ने अनुमान गरिएकाे छ ।

तस्विरहरु : मुग्लिन बजार / फेसबुक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार