• शनिबार, साउन ९ २०८३

श्रम बैंक सञ्चालन गर्दै काठमाडौँ महानगर, आबद्ध हुन योग्यता के ?


सोमबार, भाद्र ४ २०८०
1.7K
Shares

काठमाडौँ । काठमाण्डौ महानगरले श्रम बैङ्कमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैङ्कमा आबद्ध हुन नगर क्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ ।

सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रम शक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।

सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सम्बन्ध सेतु बनाउनु श्रम बैङ्कको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको छ ।

उक्त परियोजनमार्फत बेरोजगार युवाहरूको विवरण संकलन गर्ने, उनीहरूलाई शून्य रोजगार गौरवको आयोजनामार्फत आवश्यक प्रशिक्षण दिने, रोजगारदाताको आवश्यकताअनुसार श्रममा पठाउनेलगायत काम गर्ने उल्लेख छ।

आबद्ध हुन यस्ता छन् योग्यता :

१, काठमाडौँ महानगरको स्थायी बासिन्दा वा महानगरको करदाता वा महानगरभित्र बसोबास गर्ने नेपाली नागरिक।

२, १८ वर्ष पुरा भई ६० वर्ष ननाघेको

आवश्यक कागजातहरू :

१, नेपाली नागरिकता को प्रतिलिपि

२, बसाई सराइको कागजात

३, भाडामा बस्ने भए घर बहाल सम्झौता को प्रतिलिपि

४, कर दाता भए कर तिरेको प्रमाणपत्र

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार