• मंगलबार, भाद्र २ २०८३

साढे २ महिनापछि पुनः खेलकुद गतिविधि सुरु गर्न बेलायती सरकारकाे अनुमती


बिहिबार, जेष्ठ २२ २०७७
745
Shares

काठमाण्डाै । कोरोना सक्रमणको त्रासपछि बेलायतमा बन्द रहेको खेलकुद गतिविधि सोमबारबाट सुरु गर्न सरकारले अनुमति दिएको छ। बेलायत सरकारले कोरोनाका कारण बन्द गतिविधि सोमबारबाट सुरु गर्ने निर्णय गरेको हो।

खेल गतिविधि सञ्चालन गर्न बेलायत सरकारले ३ चरणको विकल्पसहितको अनुमति दिएको हो। पहिलो चरणमा खेल गतिविधि सुरु गर्दा सामाजिक दूरी कायम गरी बन्द रगंशालामा गर्नुपर्नेछ। सरकारको यो निर्णयसँगै गत मार्चको मध्यदेखि बन्द रहेको खेल गतिविधि साढे २ महिनापछि सुरु हुन लागेको हो। यो निर्णयसँगै प्रिमियर लिगसहितका अन्य घरेलु प्रतियोगिता पनि सुरु हुनेछ।

अब फुटबल, टेनिस, घोडा दौड, क्रिकेट, गल्फ, रग्वी, स्नुकर लगायतका खेलहरु छिट्टै स्क्रिनमा फर्किने विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार