• शनिबार, साउन ९ २०८३

पालिकामा ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम


आइतबार, भाद्र ३ २०८०
1.3K
Shares

काठमाडौं । सिन्धुलीको तीनपाटन गाउँपालिकाले ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम ल्याएको छ ।

दलित समुदायभित्रका बुहारीहरूलाई निस्शुल्क पढाउन यो कार्यक्रम ल्याइएको गाउँपालिकाले एक सुचना प्रकाशित गर्दै जानकारी दिएको छ ।

आइतबार सूचना जारी गर्दै गाउँपालिकाले तीनपाटन गाउँपालिका क्षेत्रभित्रका सरकारी र सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका र गर्न चाहने बुहारीहरूलाई क्याम्पसमा लाग्ने भर्ना शुल्क गाउँपालिकाले नै बेहोर्ने जानकारी दिएको छ।

कार्यक्रमबाट लाभ लिनका लागि बुहारी भए सासू वा छोरी भए आमाले आफ्नी बुहारी / छोरीलाई स्नातक / स्नातकोत्तर तहको कुनै पनि वर्ष वा सेमेष्टरमा भर्ना गर्न स्वयंले क्याम्पसमा लैजानुपर्ने व्यवस्था गरिएको छ।

साथै महिला अभिभावक परिवारमा नभएमा नजिकको परिवारभित्रका अन्य महिला नातेदारले पनि छोरी वा बुहारीलाई क्याम्पस भर्ना गर्न लैजान सक्ने व्यवस्था गरिएको छ।

‘अभिभावकसमेत नभएमा सम्बन्धित वडाको महिला वडा सदस्यले माथि उल्लेख भएको कार्यक्रमबाट लाभ पाउने छोरी वा बुहारीलाई स्नातकरस्नातोत्तर तह अध्ययनका लागि क्याम्पसमा भर्ना गर्न लैजानुपर्नेछ।’ सूचनामा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार