• शनिबार, साउन ९ २०८३

२ किलो सुनसहित पैदलयात्री पक्राउ


आइतबार, भाद्र ३ २०८०
1.3K
Shares

काठमाडौं । रसुवामा एक जना पैदलयात्री २ किलो सुनसहित प्रकाउ परेका छन्।

रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीका अनुसार शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेका हुन्।

शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका(५ पोखरीका शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका २ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए।

प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो।

उनीहरू दुबै जना र सुनको अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय ललितपुर पठाइएको डिएसपी केसीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार