गोरखा । गोरखाको गुम्दामा आलु मेला सुरु भएको छ । धार्चे गाउँपालिका ५ को गुम्दामा शनिबारदेखि सुरु भएको मेला एकता युवा क्लवको आयोजना भएको हो ।
शनिबार एक कार्यक्रमकावीच मेलाको पालिका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गरेका हुन् ।
भदौ ५ गतेसम्म चल्ने मेलामा आलुसँगै आलुका विभिन्न परिकारहरु प्रदर्शनीका लागि राखिएको राखिएको छ । मेलामा आलु खाने प्रतियोगिता सहित बिभिन्न कार्यक्रम समेत समावेश गरिएको बताइएको छ ।
मेलामा पुरुष र महिला भलिबल, लोक नृत्य प्रतियोगिता, मूर्ति नाँच, सटपुट, तीर हान्ने, हाँडी फुटाईलगायतका प्रतियोगिता राखिएको छ । विजेताहरुलाई नगदसहित आलु पुरस्कार दिइने आयोजकको भनाइ छ ।
स्थानीय स्तरमा उत्पादन भएको आलुको प्रवर्द्धन र प्रचारप्रसारमा समेत मेलाले सहयोग पुग्ने आयोजकको अपेक्षा छ । मेलाको अवलकोनका लागी सौरपानी, बारपाक, उहिया, केरौजा लगायतका स्थानीय आउने बताइएको छ । गुम्दा आलुको पकेट क्षेत्र मानिन्छ ।