• शनिबार, साउन ९ २०८३

गोरखामा शिक्षा र सामाजिक विकास कार्यालयले अघिल्लो बर्ष सञ्चालन गरेका कार्यक्रमको समिक्षा


आइतबार, भाद्र ३ २०८०
2.1K
Shares

गोरखा । शिक्षा विकास तथा समन्वय इकाई गोरखा र सामाजिक विकास कार्यालय गोरखाको गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार एक कार्यक्रमका बिच समन्वय इकाइका प्रमुख र सामाजिक विकासका प्रमुखले गत वर्षको प्रगति समिक्षा प्रस्तुत गरेका थिए । गोरखा जिल्लामा सामुदायिक र संस्थागत गरि कुल ४२५ वटा विद्यालय रहेको समन्वय इकाईका प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिए । ११ वटा स्थानिय तह रहेको उक्त जिल्लामा ३८७ सामुदायिक र ३८ वटा संस्थागत विद्यालय रहेका छन् । जसमा ४०४ वटा बालकक्षा सञ्चालन भइरहेको छ ।

त्यस्तै ४२९ वटा विद्यालयमा आधारभुत तह ९१–५० कक्षा, १९९ वटा विद्यालयमा आधारभुत तह ९१–८० कक्षा, माध्यमिक तह ९९–१००मा १३४ विद्यालयमा, माध्यमिक ९९–१२० सम्म ४४ विद्यालयमा पढाइहुने गरेको उनले बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लाको भुगोल र विद्यालयहरुको अवस्थित, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या, सामुदायिक विद्यालयको विवरण, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या, संस्थागत विद्यालयको विवरण, संस्थागत विद्यालयमा विद्यार्थी विवरणहरु प्रस्तुत गरेका थिए ।

त्यस्तै प्राविधिक शिक्षाको अवस्था, संस्थागत विद्यालयमा विद्यार्थी संख्या, अन्य संस्थागत संरचना, प्राविधिक शिक्षाको अवस्था, उच्च शिक्षाको अवस्था, विद्यालय विद्यार्थीको अनुपात, शिक्षक मिलानको अवस्था, संस्थागत र सामुदायिक विद्यालय विद्यार्थी अध्ययन अवस्था, विद्यालय विद्यार्थी अनुपात, पालिकागत शिक्षक विवरण, आवं २०७९/०८० का मुख्य उपलब्धिहरु, आ।वं २०७९÷०८० विद्यालय शिक्षा सेवा सञ्चालन सम्बन्धी विवरण, शिक्षा सम्बन्धी चुनौतिहरु, चुनौती पार गर्नका लागि अपनाइएका रणनीतिहरु बारेमा समिक्षा गरेको उनले बताए ।

सामाजिक विकास कार्यालय गोरखाका गत आर्थिक वर्ष २०७९/०८० मा प्रदेश र संघ शसर्त अनुदान गरि ११ करोड ४१ लाख २१ हजार प्राप्त भएको समन्वय सामाजिक विकासका प्रमुख दिपेन्द्र परियारले जानकारी दिए । जसमा प्रदेश सरकारबाट १० करोड ९८ लाख २१ हजार प्राप्त भएकोमा ८७।४८ प्रतिशत खर्च भएको छ भने ८५.९२ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । त्यस्तै संघ ससर्त तर्फको ४३ लाखमा ९८.२१ प्रतिशत खर्च भएको र १०० प्रतिशत नै भौतिक प्रगति भएको छ । औसतमा ८७.८९ प्रतिशत खर्च भएको र ९०.९२ प्रतिशत भौतिक प्रगति भएको उनले बताए ।

जसमा प्रदेश सरकारबाट १ करोड ६५ लाख ७१ हजार प्राप्त भएकोमा उक्त रकमको ७१.४६ प्रतिशत खर्च प्रतिशत रहेको छ भने ८०.३४ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

त्यस्तै संघ शसर्त अनुदान तर्फको ४३ लाखमा ९८.२१ प्रतिशत खर्च भएको छ भने १०० प्रतिशत नै भौतिक प्रगति भएको छ । औसतमा ७६.९७ प्रतिशत खर्च भएको छ भने ९०।१७ प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए । पुजिगत तर्फ ९ करोड ३२ लाख ५० हजार प्राप्त भएकोमा ९०.३३ प्रतिशत वित्तिय प्रगति र ९१.६७ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

एक वर्षको अवधिमा सिकाई, उपलब्धी र चुनौतीहरुको बारेमा प्रस्तुत गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा चालु र पुजिगत गरि कुल ८ करोड ३८ लाख ७४ हजार प्राप्त भएको छ । जसमा पुजिगतमा ६ करोड ३ लाख र चालु तर्फ २ करोड ३५ लाख ७४ हजार प्राप्त भएको उनले बताए । जसमा चालुतर्फ २७ र पुजिगत तर्फ ९५ वटा कार्यक्रमहरु गर्ने योजना छ । जसमा युवा तथा खेलकुद तर्फ २९, भाषा संस्कृति पुरातत्व तर्फ २०, शिक्षामा ३९, सामाजिक विकासमा ६ र अन्य १ वटा कार्यक्रमहरु रहेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा सहभागिहरुले विकास गाउतिर गएको मानिसहरु सहर पसिसकोक छन, विद्यालयहरुले सार्वजनिक खरिद एन लागु नगरेको, विद्यालयमा कस्तो पठाइभइरहेको छ भनि विद्यालयमा अनुगमन नभएको गुनासो राखेका थिए । त्यस्तै विद्यालयमा गुणस्तरी पठाइ गराउन गुणस्तरी शिक्षा कसरी दिने भनेर भनेर शिक्षकलाई तालिम दिने, अति कम विद्यार्थी भएको विद्यालयलाई मर्च गरेर लैजानु पर्ने, उच्च शिक्षाहरुमा पनि पठाउदै कमाउदै कार्यक्रम लागु गर्नुपर्ने कुराहरु राखेका थिए ।

जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख अतिथ्यता तथा जिल्ला शिक्षा समन्वय इकाई प्रमुख सुवासचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगर, नेपाल शिक्षक महासघं गोरखाको अध्यक्ष गोपाल बाबु मरठ्ठा, नेपाल शिक्षक संघ गोरखाको अध्यक्ष लक्ष्मण आचार्य, गोरखा उधोग बाणिज्य संध गोरखाको अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, बाल अधिकारका अध्यक्ष कमला लामिछाने, जेष्ठ नागरिक संघको अध्यक्ष मोहन लाल श्रेष्ठ, द्रव्यशाह बहुमुखी क्याम्पसको प्रमुख रामचन्द्र दुवाडी, महालक्ष्मी मा।विको प्रधानाध्यापक चुडामणी काप्री, नेपाल पत्रकार महासंघ गोरखा साखाको उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार