काठमाडौं । काठमाडौंको ढुंगेधारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एक जना बालिका घाइते भएकी छन् ।
बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ०२–०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३५ बर्षीय रामकुमार भारती र पछाडि सवार सिन्धुपाल्चोकको साँगाचोकगढी-३ की ३२ बर्षीया अनिता थापामगरको मृत्यु भएको हो । उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।