• शनिबार, साउन ९ २०८३

गण्डकीका ४ जिल्लामा थप १६ जनालाई कोरोना, प्रदेशभर संक्रमित संख्या ५४ पुग्याे


बिहिबार, जेष्ठ २२ २०७७
1.1K
Shares

पाेखरा । बिहिबार गण्डकी प्रदेशका चार जिल्लामा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गरी बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लामा थप संक्रमित देखिएको जानकारी दिएको हो।

संक्रमित १६ देखि ३३ वर्ष उमेर समूहका छन्।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये तीन संक्रमित निको भएर घर फर्किसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार