• शुक्रबार, साउन २९ २०८३

सरकारले लम्पी स्किनबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन सक्दैन : कृषिमन्त्री भुसाल


बिहिबार, साउन ३२ २०८०
1.3K
Shares

काठमाडौँ । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा.वेदुराम भुसालले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति सरकारले नदिने बताएका छन् ।​

बिहीबार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पी स्किनबाट मृत्यु भएका पशुहरूको क्षतिपूर्ति दिन नसकिने बताएका हुन् ।

मन्त्री भुसालले लम्पी स्किन रोगका कारण किसानहरूलाई ठूलो क्षति भए पनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिन भने नसकिने बताए ।

यसकालागि सरकारले किसानहरूलाई राहत उपलब्ध गराउन कार्यविधि बनिरहेको जानकारी गराए । कार्यविधि पास हुने बित्तिकै राहत उपलब्ध गराउने कृषिमन्त्रीको भनाइ छ ।

मन्त्री भुषालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए । उनले लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशु संक्रमित भएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार