• शनिबार, साउन ९ २०८३

डेङ्गी सङ्क्रमण फैलिएकोप्रति आयाेगद्वारा सरकारको ध्यानाकर्षण


बिहिबार, साउन ३२ २०८०
1.2K
Shares

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले डेङ्गी सङ्क्रमण फेलिएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

आज बुधवार आयोगले विज्ञप्ति निकालेर देशव्यापीरूपमा फैलिँदै गइरहेको डेङ्गी सङ्क्रमणका कारण नागरिकको स्वास्थ्य र जीवनको अधिकारमा पर्न गएको असरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सङ्क्रमणले महामारीको रूप लिन सक्नेतर्फ सरकारलाई सचेत गराएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा डेङ्गी फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नस्ट गर्ने अभियानमा पर्याप्त जनशक्ति परिचालन गर्ने काममा तीन वटै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख छ ।

आयोगले डेङ्गी नियन्त्रण र रोकथामका लागि सरसफाइ, जनचेतनालगायतका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन सङ्घीय सरकार, प्रदेश सरकार र पालिका सरकारलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार