• शनिबार, साउन ३० २०८३

क्वार्ज क्रिस्टल गोरखामै राख्न प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष ज्ञापनपत्र


मंगलबार, साउन ३० २०८०
910
Shares

गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखामै राख्न पाउनु पर्ने माग राख्दै गोरखा नगरपालिका, गोरखा उद्योग वाणिज्य संघसहितका विभिन्न संघसंस्थाले प्रधानमन्त्री र गृहमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।

गोरखाका सांसद राजेन्द्र बजगाईसहित गएका गोरखा नगरपालिका, गोरखाका प्रमुख राजनीतिक नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, गोरखा उद्योग वाणिज्य संघ, गोरखा च्याम्बर अफ कमर्श, ज्येष्ठ नागरिक जिल्ला संघ, गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र, लायन्स क्लव अफ गोरखा लगायतका संस्थाहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

गोरखा नगरपालिका ७ की राममाया शाहीको घरमा भेटिएको र हाल जिल्ला प्रहरी कार्यालयमा सुरक्षित गरिएको ५२.३३० किलोग्राम क्वार्ज क्रिस्टललाई खानी तथा भूगर्भ विभागले विभागमा बुझाउन सिफारिस गरेपछि नगरपालिकासहितका सामाजिक संघसंस्थाले गोरखाको धार्मिक तथा ऐतिहासिक सम्पत्ति बाहिर नलैजान माग गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार