काठमाडौँ । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले मंगलबार त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराईलाई नियुक्त गरेका छन् ।
शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई अध्यक्षताको समितिको सिफारिसमा भट्टराईलाई अध्यक्ष नियुक्ति गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । नवनियुक्त अध्यक्ष भट्टराई इतिहास केन्द्रीय विभागका प्राध्यापक हुन् ।