• शनिबार, साउन ९ २०८३

तस्करीको सुन: ‘ब्रेक शु’ बाट निकालेर पगाल्दा ६० किलो ७ सय १६ ग्राम


मंगलबार, साउन ३० २०८०
5K
Shares

काठमाण्डाै । राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल अनुमान गरेको तस्करीको सुन ‘ब्रेक शु’ बाट निकालेर पगाल्दा ६० किलो सात सय १६ ग्राम भएको छ ।

साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो । राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो ।

ब्रेक शु र कार्टुनसहित एक सय ५५ किलो रहेकोमा हिजो साेमवार ब्रेक शु बाट सुन छुट्याउँदा ६० किलो सात सय ७९ ग्राम भएको थियो । आज मङ्गलवार पगालेर सुनबाट जर्ती हटाउँदा ६० किलो सात सय १६ ग्राम कायम भएको टक्सार विभागले जनाएको छ । पगालेको सुनलाई विभागले ३६ वटा बिस्कुट आकारमा बनाएको छ ।

सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएको छ ।

हङकङबाट गएको असार २९ गते ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको सुन राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले सिनामङ्गलबाट बरामद गरेको थियो । यस प्रकरणमा १८ जना पक्राउ परेकामा १७ जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् ।

अब सुनको गुणस्तर मापन गर्ने विभागका निर्देशक थानेश्वर आचार्यले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार