• मंगलबार, भाद्र २ २०८३

हवाइ यात्रा गर्नेले पालना गर्नुपर्ने यस्ता छन् १० नियम


बुधबार, जेष्ठ २१ २०७७
950
Shares

काठमाण्डाै । गत वर्ष चैत ११ को लकडाउनसँगै बन्द भएका विमानस्थलहरुले कोभिड १९ को जोखिम न्यूनीकरण गर्दै सञ्चालन गर्नसक्ने तयारी गरेका छन्।

पूर्वाधारअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको मापदण्डअनुसार विमानस्थलहरुले उडानको तयारी पूरा गरेका हुन्।

उडान खुलेपछि यात्रुले अनिवार्य पालना गर्नुपर्ने यस्ता छन् १० मुख्य नियम — 

१. विमानस्थलमा यात्रुबाहेक अरुलाई प्रवेशमा निषेध गरिएको छ।

२. विमानस्थल प्रवेश गर्नुअघि सबैले अनिवार्य मास्क लगाएकै हुनुपर्नेछ।

३. यात्रुले विमानमा प्रवेश गर्दा वा बाहिरिँदा ‘स्यानिटाइजर टनेल’को प्रयोग गर्नुपर्नेछ।

४. टर्मिनल भवन छिर्नुअघि र जहाज चढ्नुअघि यात्रुको दुईपटक ज्वरो (तापक्रम) जाँचिनेछ।

५. त्रिभुवन विमानस्थलमा भएको हेल्थ डेस्कले नेपाल आगमन गर्ने सबै यात्रुको थर्मल गन र थर्मल क्यामेराबाट स्क्यानिङ गर्नेछ।

६. यात्रुहरु जहाज चढ्न जाँदा वा जहाजबाट झरेपछि सामाजिक दूरी कायम गर्दै हिँड्नुपर्नेछ।

७. काउन्टरमा कुराकानी गर्दा एक अर्काको दूरी कायम राख्नु अनिवार्य गरिएको छ।

८. यात्रुहरुको आफू कहाँका हो, कहाँ जाँदै छु, सम्पर्क नम्बरलगायत सबै विस्तृतमा फारममा भर्नुपर्नेछ। यात्रा गरेको जहाजमा कोरोना संक्रमित भेटिए सरकारलाई आवश्यक पर्दा टे«सिङ गर्न मद्दत पुग्नेछ।

९. यात्रुहरुले आफ्नो स्वास्थ्य रिपोर्टसहित आफ्नो अवस्थाको बारेमा फारममै उल्लेख गर्नुपर्नेछ।

१०. एयरपोर्टभित्र लाइन बस्दा वा विश्राम गर्दा एउटा स्थान छोडेर बस्नुपर्नेछ। लाइन बस्नको लागि रेखाकंन गरिएको छ भने आराम गर्दा कुन सिटमा बस्ने कुनमा नबस्ने पनि लेखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार