• शनिबार, साउन ९ २०८३

न्युनतम पारिश्रमिकका विषयमा रोजगारदाता र श्रमिक संगठनबीच सहमति भएन, मन्त्रालय आफैले तोक्ने तयारी


सोमबार, साउन २९ २०८०
3.9K
Shares

काठमाडौं । रोजगारदाता र श्रमिकबीच न्युनतम पारिश्रमिक तोक्ने विषयमा सहमति नजुटेपछि अन्तत श्रम मन्त्रालयले नै न्यूनतम् पारिश्रमिक २ हजार १७५ रुपैयाँ बढाउने तयारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हाल श्रमिकले पाउँदै आएको १५ हजार मासिक पारिश्रमिकमा २ हजार १७५ रुपैयाँ थप गरेर नयाँ पारिश्रमिक तोक्ने तयारी गरेको हो ।

रोजगारदाता र श्रमिक संगठनहरुबीच सहमति नभएपछि मन्त्रालयले आफैँले पारिश्रमिक निर्धारण गर्न लागिएको श्रम मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए । उनका अनुसार रोजगारदाताहरु अहिलेको अवस्थामा तलबभत्ता लगायतका कुनै पनि दायित्व बढाउन नहुने पक्षमा छन् भने श्रमिकहरु मासिक २५ हजारभन्दा माथि हुनुपर्छ भन्ने अडानमा छन् ।

यस्तो अवस्थामा राष्ट्र बैंकको रिपोर्टमा उल्लेख भएअनुसारको मूल्यवृद्धिलाई हेरेर मासिक २ हजार १७५ रुपैयाँ बढाउने गरी रोजगारदाता र श्रमिकबीच सहमति गराउने प्रयास भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

रोजगारदाता र श्रमिकबीच सहमति नभएपछि श्रम मन्त्रालयले असार अन्तिम हप्ता नै नयाँ पारिश्रमिक तोकेर त्यसको सूचना राजपत्रमा प्रकाशित गर्न खोजेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रममन्त्री शरदसिंह भण्डारीलाई अहिले हतार नगर्न भन्दै थप छलफल गर्न निर्देशन दिएपछि रोकिएको थियो ।

तर, अब निर्धारण हुँदा पनि नयाँ पारिश्रमिक साउन १ बाटै लागू हुने गरी तोकिने प्रवक्ता घिमिरे बताउँछन् । उनका अनुसार श्रम मन्त्रालयले यही हप्ता ९अबको दुइ तीन दिन० भित्रै आर्थिक वर्ष २०८०र०८१ का लागि श्रमिकको न्यूनतम् पारिश्रमिक तोक्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार