• शनिबार, साउन ९ २०८३

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत


शनिबार, साउन २७ २०८०
1.8K
Shares

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन् ।

आज नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा काठमाडौँमा आयोजित विद्युतीय सवारीसाधनको र्‍यालीमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

नेपाल विद्युत् प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार