• शनिबार, साउन ९ २०८३

आयल निगम गण्डकी प्रदेश प्रमुख चित्तरञ्जन दासलाई कारबाही गर्न अख्तियारलाई पत्राचार


शुक्रबार, साउन २६ २०८०
1K
Shares

काठमाडौं । इन्धन चोरी गरेको आरोपमा नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चित्तरञ्जन दासलाई कारबाही गर्न कास्की प्रशासनले अख्तियारलाई पत्राचार गरेको छ ।

डिपोबाट १२ हजार लिटर डिजेलको बिल काटेर बाहिरिएको ट्यांकरमा १५ हजार लिटर डिजेल भेटिएपछि कारबाही सिफारिस गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

३ हजार लिटर डिजेल चोरी भएको पुष्टि भएपछि कारबाही अघि बढाएको प्रजिअ घिमिरेले बताएका छन् ।

शुक्रबार डिपोले पश्चिमाञ्चल पेट्रोल पम्पका लागि ग२ख ८३६ नम्बरको ट्यांकरमा १२ हजार लिटर डिजेल बिक्री गरेको थियो । तर, डाँडाकोनाक प्रहरी चौकीमा डिपोबाट गएको ट्यांकरको नापजाँच गर्दा ट्यांकरमा १५ हजार लिटर डिजेल भेटिएको प्रजिअ घिमिरेले बताए ।

कम परिमाणको बिल जारी गरेर धेरै इन्धन बिक्री गरेको सूचनापछि कारबाही अघि बढाइएको घिमिरेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार