काठमाडौं । नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेका सांसद डा सुनिल शर्मालाई थुना मुक्त गर्न अदालतको आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले सांसद डा शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।
बिहीबार सीआईबीले शर्मा सहित महोत्तरीका डा।रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा अमित चौधरी, रौतहटका डा रामबाबु यादव र डा एरिना शाहलाई पक्राउ गरेको थियो ।
यस्तै शुक्रबार इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र सुमेरु सिटी अस्पतालकी डा पुनम थापा चौधरी पक्राउ परेका थिए ।
स्रोतका अनुसार, ब्युरोले १५ जना चिकित्सकलाई निगरानीमा राखेको थियो । तीमध्ये ७ जना पक्राउ परेकामा शर्मालाई अदालतले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।