गोरखा । पालुङटार नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति समिक्षा गरको छ । बुधबार एक कार्यक्रमकाबीच बिभिन्न शाखाका प्रमुख, १० वडाका वडाध्यक्षहरुले गत वर्ष गरेको वार्षिक प्रगति प्रस्तुत गरेका थिए ।
नगरपालिकामा गत वर्ष १ अर्ब ४ करोड ३७ लाख ४५ हजार चार सय ६६.३५ रुपैयाँ बिनियोजन भएको थियो । जसमध्ये ७२.२८ प्रतिशत अर्थात ७५ करोड ४५ लाख १९ हजार ३७१ रुपैयाँ खर्च भएको लेखा शाखाका सुमन शर्माले बताए ।
जसमा पुँजीतर्फ ५८.५९ प्रतिशत र चालुतर्फ ७८.६९ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । उक्त नगरपालिकाले खर्च गर्न नसक्दा ३ करोड ५५ लाख ४३ हजार १३८ रुपैया फ्रिज भएको छ ।

जसमध्य चालुतर्फबाट २ करोड ८१ लाख ९७ हजार ७१५ रुपैयाँ र पुँजीगत तर्फ ७३ लाख ४५ हजार ४८३ रुपैयाँ फिर्ता गएको कार्यालयले जनाएको छ ।
पालुङटार नगरपालिकाले आन्तरीक लेखा परिक्षण समेत सुरु गरिएको छ । पालिकामा सञ्चालन भएको ८२० वटा योजना र कार्यक्रमहरु मध्य ७६५ वटा सम्पन्न भएका छन् ।
पालिका भित्रका योजनाहरुलाई थप प्रभाबकारी बनाउदै लैजाने नगरप्रमुख विबस चिन्तनले बताए । उनले आगामि दिनहरुमा सवैको सल्लाह अनुसार काम गर्ने र बिगतका कमि कमजोरीलाई सुधार्दै लैजाने पनि बताएका थिए ।
नगरप्रमुख चिन्तनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपप्रमुख बन्दना पाण्डे, प्रशासकिय अधिकृत गौतम भण्डारी, सवै वडाका वडाध्यक्ष, नेपाली कांग्रेसका नगर सचिब किरण गिरी, नेकपा माओबादी केन्द्रका शंकर कडेल, एकिकृत समाजबादीका जितनाथ भण्डारी, कर्मचारी लगायतले मन्तव्य राखेका थिए । उक्त नगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन पनि छिटै सुरु गर्ने बताएको छ ।