• शुक्रबार, साउन ८ २०८३

गोरखामा आँखा पाक्ने रोगको प्रकोप बढ्दो, दश दिनमा ८५० जना बिरामी


बिहिबार, साउन २५ २०८०
1.6K
Shares

गोरखा । गोरखामा आँखा पाक्ने रोगका तिब्र रुपले फैलिएको छ । जिल्लामा गत साउन १५ गते देखि २४ गते सम्म ८५० जना आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आएको लायन्स आँखा सेवा केन्द्रले जनाएको छ ।

ति मध्ये सम्म जिल्लामा ६५६ मा आँखा पाक्ने रोगको संक्रमण देखिएको केन्द्रका प्रमुख विश्व प्रकाश अर्यालले जानकारी दिए । कार्यालयका अनुुसार १८ वर्ष मुनिका ४१२ जना र १८ वर्ष माथिका २४४ जनामा संक्रमण भेटिएको उनले बताए ।

संक्रमित मध्ये धेरै विद्यार्थीहरु भएको केन्द्रले जनाएको छ । स्कुलमा बालबलिकाहरु सँगै बस्ने, खेल्ने भएकाले संक्रमण बढेको अर्यालको भनाई छ । जिल्लाका विभिन्न अस्पताल, स्वास्थ्य चौकीहरुमा परीक्षण गराउन आउनेहरुको संख्या पनि उच्च रहेको ती संस्थाहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार