• शनिबार, साउन ९ २०८३

नोबल र केएमसीका सञ्चालक समेत रहेका सांसद सुनिल शर्माको १२ कक्षाको ‘सर्टिफिकेट’ नक्कली !


बिहिबार, साउन २५ २०८०
1.5K
Shares

काठमाडौं । प्रहरीले सांसद सुनिल शर्माको आईएस्सी उतीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा पक्राउ गरेको जनाएको छ ।

मोरङ–३ का प्रतिनिधिसभा सदस्य शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार उनको काठमाडौंको गोल्फुटारस्थित घरबाट पक्राउ गरेको छ ।

प्रहरीले अप्रेशन ‘फोक्सट्रोट चार्ली’ नाम दिएको यो प्रकरणमा शर्मासहित चार जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

मेडिकल व्यवसायी समेत रहेका शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बेलबारी–९ मोरङ स्थायी ठेगाना भएका उनले भारतबाट कक्षा १२ उत्तीर्ण भनि ल्याएको प्रमाणपत्र नक्कली पाइएको सीआईबीले जनाएको छ ।

सोही प्रमाणपत्रका आधारमा उनले त्यसपछिको अध्ययन गरेको सीआईबीको दाबी छ ।

शर्मा काठमाडौ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक समेत हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार