• आइतबार, साउन १० २०८३

अवरुद्ध भएको श्रम स्वीकृति सेवा सुचारु


बिहिबार, साउन २५ २०८०
1.1K
Shares

काठमाण्डौ – मङ्गलवारदेखि अवरुद्ध भएको श्रम स्वीकृति सेवा सुचारु भएको छ ।

वैदेशिक रोजगार विभागको अवरुद्ध भएको फेमिस प्रणाली पुनः सञ्चालनमा आएसँगै श्रम स्वीकृतिको काम पनि सुरु भएको विभागले जनाएको छ ।

फेमिस प्रणालीको फाइल सर्भर सार्नका लागि गएको मङ्गलवारदेखि सिस्टममा फाइल अपलोड सेवा बन्द गरिएको थियो । तर आज बिहीबारदेखि यो समस्या समाधान भएको सूचना विभागले जारी गरेको छ ।

तर सिस्टममा आएको समस्याको कारण श्रम स्वीकृति दिने काममा क्यूमा रहेको भन्दै श्रम स्वीकृति प्राप्त नहुँदासम्म टिकट नकाट्न विभागले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार