काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद समेत रहेका काठमाडौ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् ।
बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शर्मालाई पक्राउ गरेको हो ।
उनि गोल्फुटारस्थित निवासबाटै पक्राउ परेको बताइएको छ।
मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई नक्कली कागजात सम्बन्धी विषयमा अनुसन्धानका लागि पक्राउ गरेको सीआईबी स्रोतले बताएको छ ।
उनले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको स्रोतले जानकारी दिएको छ ।