काठमाडौं । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बिरुद्ध मेडिकल कलेज सञ्चालकहरुद्धारा आन्दोलनको घोषणा गरेका छन् ।
कलेज सञ्चालकहरुले चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नै बनाएर तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । आज बिहिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै समितिले तेस्रो बुदे आन्दोलन घोषणा गरेका हुन् ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनका कारण नर्सिङ कलेजहरु धमाधम बन्द हुन थालेको भन्दै समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको जनाएको छ ।
पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफूहरुको माग सम्बोधन नभएको भन्दै तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलनदेखि कलेज बन्दसम्मका कार्यक्रम घोषणा गरिएको समितिका संयोजक निर्मल सापकोटाले बताए ।
देशमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी सञ्चालन गर्नेतर्फ राज्यलाई दबाब दिन समितिले असार ७ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
तेस्रो चरणको आन्दोलन २७ गते माइतीघरमा शान्तिपूर्ण धर्नाबाट सुरु हुने उनले बताए । २८ गते सबै शिक्षण संस्था बन्द गरी कलेज सञ्चालकहरु, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुको र्याली गर्ने कार्यक्रम रहेको छ । यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवार राज्यले लिनुपर्ने उनले चेतावनी दिए ।
चिकित्सा शिक्षा ऐनले बन्द भएका कलेजहरु खुल्नुपर्ने उनीहरुको माग छ । चिकित्सा शिक्षा ऐनका कारण सीटीईभीटीअन्तर्गत सञ्चालित प्रिडिप्लोमा तहका स्वास्थ्य विषयका १३७ र स्टाफ नर्सतर्फका ७३ वटा शैक्षिक संस्था बन्द भएका छन् ।
त्यस्तै विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बीएन पढाइ हुने १० र बीएस्सी नर्सिङ पढाइने ८ गरी २२८ वटा शिक्षण संस्थाहरु बन्द भएका छन् ।
ऐनकै कारण बन्द भएका कलेजहरुमा नीजि क्षेत्रको करिब १५ अर्ब रुपैया अगानी समेत जोखिममा परेको सापकोटाले बताए ।
यस्ता छन् संघर्ष समितिले अघि सारेका १४ बुँदे माग :