• शुक्रबार, साउन ८ २०८३

आज सामुदायिक वन दिवस मनाइँदै, उत्पादन, रोजगार र समृद्धिमा जोड


बिहिबार, साउन २५ २०८०
3.1K
Shares

काठमाण्डाै । आज सामुदायिक वन दिवस मनाइँदैछ । ‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराकासाथ दिवस मनाउन लागिएको हो ।

नेपालको कुल भू–भागको ४४ दशमलव ७४ प्रतिशत क्षेत्रफल वनले ढाकेको छ । नेपालमा अहिले २२ हजार ५ सयभन्दा धेरै सामुदायिक वन उपभोक्ता समूहले झण्डै २३ लाख ६० हजार राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोग गरिरहेका छन् ।

वन विभागका अनुसार यसबाट झण्डै ३० लाख ८८ हजार लाभान्वित भएका छन् । वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको जिम्मेवारी स्थानीय उपभोक्तालाई नै दिनुपर्छ भन्ने अवधारणाकासाथ चार दशक अघि शुरु भएको सामुदायिक वन कार्यक्रम अहिले नेपालमा मात्र नभइ विश्वभर नै नमुना कार्यक्रमका रुपमा परिचित छ ।

दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गरी वनको बहुउपयोगी प्रयोग, दिगो व्यवस्थापन र वनजन्य पदार्थको संरक्षण तथा प्रवर्द्धनबाट देशको समृद्धिमा योगदान पुग्ने बताउनुभएको छ । नेपालमा २०७३ सालमा ‘सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान’ भन्ने नाराकासाथ पहिलो पटक सामुदायिक वन दिवस मनाइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार