• शनिबार, साउन ९ २०८३

सीटीईभीटीको सम्बन्धन पाएका २२८ कलेज बन्द, डुब्यो १५ अर्ब लगानी

चालिस हजार बढी विद्यार्थीको भविष्य अन्योलमा


बिहिबार, साउन २५ २०८०
2.1K
Shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगको कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित २ सय २८ शिक्षण संस्था बन्द भएका छन् । ती संस्था बन्द भएका कारण करिब १५ अर्ब रुपियाँ क्षति भएको बताइएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार चिकित्सा शिक्षा आयोग गठन भएदेखि हालसम्म प्रि–डिप्लोमा तहका स्वास्थ्य विषयका १ सय ३७, डिप्लोमा तहका (स्टाफ नर्स) ७३ , स्नातक तह (बीएन) का १० र बीएस्सी नर्सिङका ८ गरी २ सय २८ वटा शिक्षण संस्था बन्द भएका हुन् ।

सञ्चालित कलेजहरूको चिकित्सा, इन्जिनियरिङ, कृषिलगायत सबै तहको प्रवेश परीक्षा र छात्रवृत्ति परीक्षा स्थगित भएपछि परीक्षाको प्रतिक्षामा रहेका करिब ४३ हजार विद्यार्थीको भविष्य अन्योल भएको छ । आयोगले चिकित्सा तर्फको परीक्षा मात्र स्थगित गरेको हो ।

सीटीईभीटीका सदस्यसचिवको जोडबलमा पछिल्लो समय सिट निर्धारण र भर्ना खोलेका स्वास्थ्य सम्बन्धित ४९ कलेजको कारण सबै परीक्षा स्थगित भएको हो ।

सीटीईभीटीले स्वास्थ्यबाहेक अन्य विषयमा प्रवेश परीक्षा सञ्चालन गर्न रोक लगाएपछि अन्य विषयका विद्यार्थीलाई समेत समस्या भएको छ । चिकित्सा तर्फका करिब १३ हजार विद्यार्थी हुन्छन् । बाँकी करिब ३० हजार विद्यार्थीले अन्य विषयमा प्रवेश परीक्षा दिन्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार