• शनिबार, साउन ९ २०८३

स्वास्थ्यकर्मीलाई काेराेना देखिएपछि केएमसीकाे सबै सेवा बन्द


बुधबार, जेष्ठ २१ २०७७
1.1K
Shares

काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौं मेडिकल कलेजका चार जनामा संक्रमण देखिएको जनाएपनि अस्पतालले विज्ञप्ति जारी गर्दै चार जनामध्ये दुई जना आफ्ना स्वास्थ्यकर्मी र दुई जना अस्पतालमा आएका बिरामी रहेको जनाएको छ।

अस्पतालका अनुसार अहिले अस्पतालभित्र कसैलाई छिर्न दिइएको छैन । कन्ट्याक ट्रेसिङ्ग का आधारमा अस्पतालका डेढ सय स्वास्थ्यकर्मीको नमुना संकलन गरेर हिजै परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइसकिएको छ ।

अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार