• आइतबार, साउन १० २०८३

नौ घण्टा लगाएर हात्तीपाईले रोगको सफल शल्यक्रिया


बुधबार, साउन २४ २०८०
1.4K
Shares

काठमाडौँ – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको शल्यक्रिया सफल भएको छ ।

गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा.जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाईलेको ९ घण्टा लगाएर गरिएको शल्यकृया सफलतापूर्वक सम्पन्न भएको हो ।

म्याग्दी बेनी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी थियो । उनलाई २० वर्ष अघि नै हात्तीपाइलेको समस्या देखिएको थियो । प्रा.डा.श्रेष्ठले प्लाष्टिक सर्जरी विधिबाट खुट्टाको शल्यकृया भएको जानकारी दिए । उनले अप्रेसनका लागि ९ घण्टा समय लागेको बताए ।

डा.श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा.समित शर्मा सहितको टोलीले ती युवकको शल्यकृया गरेको हो । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डा. श्रेष्ठले बताए । युवकलाई आज (बुधवार) डिस्चार्ज गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार