• आइतबार, साउन १० २०८३

धारिलो हतियार प्रयोग गरेर एकजनाको हत्या


बुधबार, जेष्ठ २१ २०७७
1K
Shares

कपिलवस्तु : धारिलो हतियार प्रयोग गरेर कपिलवस्तुमा एकजनाको हत्या भएकाे छ ।

कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा एक व्यक्तिको हत्या भएको हाे ।

करिब ४५ वर्षीय श्यामनारायण तिवारीको मंगलबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए।

हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जोशीले बताए।

मदिरा सेवन गरेको अवस्थामा समान्य विवाद हुँदा चौधरीले तिवारीमाथि हातियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार