• शनिबार, साउन ९ २०८३

दिवा खाजा र छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरु खुसी


बुधबार, साउन २४ २०८०
1.3K
Shares

गोरखा । कल्स ओवर रिजेज नेपालले जिल्लाको बिभिन्न बिद्यालयमा सञ्चालन गरेको दिवा खाजा र छात्रवृत्ति प्रदान कार्यक्रमले विद्यार्थीहरु खुसी भएका छन् ।

यस संस्थाले गोरखा नगरपालिकाको बिभिन्न २० वटा विद्यालयमा दिवा खाजा सञ्चालन, ७ वटा विद्यालयका विद्यार्थीलाई छात्रवृति, ३ वटा विद्यालयमा लाइवेरी व्यवस्थापन, ३ विद्यालयमा इङ्लिस डेभलपमेन्ट उइथ कम्प्युटर कोर्स एण्ड सफ्टस्किन डेभलपमेन्ट प्रोजेक्ट सञ्चालन गर्दै आएको छ ।

‘पढ्न आउदा खाजा खान घरबाटै पैसा ल्याउनुपर्थो, अहिले त विद्यालयमै खान पाइन्छ,’महालक्ष्मी माध्यमीक विद्यालयकी आयुष्मा साहीले भनिन,’यस संस्थाबाट पाएको छात्रवृती जम्मा गरेर आफुलाई आवस्यक पर्ने शैक्षिक सामाग्री किन्ने गरेकी छु ।’

छात्रवृतीले आफुलाई पढ्नमा थप उत्साह थपिएको विद्यार्थी सिन्जल आलेले बताइन् । ‘कल्स ओवरले विद्यालय मार्फत खाजाको व्यवस्थापन गर्नाले धेरै सजिलो भएको छ,’अभिभावक आरती गुरुङले भनिन,‘बच्चाहरुलाई पढ्नमा थप मद्धत पुगेको महसुस गरेको छु ।’

दिवा खाजाले विद्यार्थीको लागि प्रभावकारी भएको महालक्ष्मी माध्यमीक विद्यालयका प्रधानाध्यापक चुडामणी काप्रीले बताए ।

यस संस्थाले बाल कक्षा देखि ५ कक्षा सम्मको लागि सरकारले दिएको रकममा प्रत्यक व्यक्तिमा ५ रुपैया नगरपालिकाले, ५ रुपैया अभिभावकले र ५ रुपैया संस्थाले थप गरेको छ । कक्षा ६ देखि १० सम्मको विद्यार्थीलाई कल ओवरले दिएको २० रुपैया नगरपालिका बाट ५, विद्यार्थी बाट ५ रुपैया गरि ३० रुपैया बरावरको खाजा खुवाउने गरेको उनले बताए ।

‘यस कार्यक्रमले विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई धेरै नै मद्धत पुगेको छ ।,’उनले भने,‘उनिहरुमा पढाइमा केहि हदसम्म सुधार आएको र पढ्नमा पनि हौसला मिलेको छ ।’ विद्यालयमा उपस्थिति समेत बढेको उनको भनाई छ । सन २०१७ मा स्थापना भएको यस संस्थाले शिक्षालाई गुणस्तरीय बनाउने उदेश्यले कार्यक्रम सुरु गरेको कल्स ओवर रिजेज नेपालका अध्यक्ष साङ डोमा शेर्पाले जानकारी दिइन् ।

‘संस्थाको उदेश्य भनेको जिल्लाको विद्यार्थीहरुले १२ कक्षा सम्म भएनी पढुन भन्ने नै हो,’उनले भनिन्,‘त्यसका लागि दिवा खाजा र छात्रबृति दिदै आएका छौ, अव विस्तारै स्कुलबसको व्यकस्थापन गर्ने छौ ।’ हाल सम्म ७ वटा विद्यालयका करिब १ सय १० जना भन्दा बढि विद्यार्थीलाई छात्रबृति दिदै आएको उनले बताइन् । बिपन्न बर्गका, जेहेन्दार, आवस्यकताको आधारमा विद्यार्थीलाई लक्षित गरेर छात्रबृति दिदै आएको उनको भनाई छ ।

‘प्रत्यक व्यक्तीलाई एक महिनामा १ देखि ७ सम्मका विद्यार्थिलाई १ हजार, ८ देखि १० सम्मकालाई १ हजार ५०० र ११ र १२ का विद्यार्थीलाई २ हजार ५०० रुपैयाको दरले छात्रबृती दिने गरेका छौ,’उनले भनिन,‘जस अनसार त्यसको ५० प्रतिशत विद्यार्थीको हातमा दिने गछौ र ५० प्रतिशत विद्यालयले दिने गरि विद्यालयको खातामा राखिदिन्छौ, विद्यालयको खातामा जम्मा भएको रकम विद्यार्थीले सोही विद्यालयबाट १२ कक्षा पास गरेपछि पाउनेछन् ।’

नगरपालिका भित्रका २० वटा विद्यालयमा दिवा खाजा सञ्चालन गर्दै आएको उनले बताइन् । दिवा खाजाबाट गत वर्ष मात्र २ हजार ६ सय भन्दा बढि विद्यार्थीले लाभ लिएको उनले बताइन् । यस कार्यक्रमले आउने दिनका विद्यार्थीको गुणस्तरी शिक्षा प्राप्त गर्ने उनको भनाई छ । सदरमुकाममा बिभिन्न ठाँउबाट विद्यार्थीहरु अध्यनका लागि आउने हुनाले गोरखा नगरपालिकामा कार्यक्रमसुरु गरेको उनले बताइन् । यस संस्थाबाट करिब ४ हजार जना विद्यार्थीले लाभ लिएका छन् ।

बिद्यालयका विद्यार्थी नियमित गराउने र टिकाउने, विद्यार्थीहरुमा पोषणयुक्त दिवा खाजा उपलव्दगराउने र जिवन उपयोगी सिप बिकास गराउने, स्थानिय उत्पादनलाई बढवा दिनुका साथै किसान तथा उद्योगहरुको व्यवसायिक उत्थानमा सहयोग पुर्याउने, स्थानीयलाई रोजगारीको अवसर प्रदान गर्ने भन्ने उदेश्यले कल्स ओवरले परियोजना सञ्चादन गरेको परियोजना व्यबस्थापक राजेश श्रेष्ठले बताए ।

यसको लागि विद्यालय बस सञ्चालन गर्न छलफल भइरहेको र अन्य परियोजनका लागि स्थानीय सरकार, विद्यालय सँग समन्वय गरेर संम्झौता पत्रमा हस्ताक्षर गरीसकेको उनले बताए ।चालु वर्ष २०८०÷०८१ मा ५ हजार ७ सय ६६ जना विद्यार्थीले लाभ लिने परियोजनाले लक्ष लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार