• शनिबार, साउन ९ २०८३

भारतबाट आएर क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु, स्बाव संकलन गरिदै


बुधबार, जेष्ठ २१ २०७७
1.3K
Shares

डडेल्धुरामा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ असिमग्राममा क्वारेन्टिनमा बसेकी ३० वर्षीय महिलाको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

‘क्वारेन्टिनमा महिलाको मृत्यु भएको भन्ने खबर आएको छ, थप जानकारी लिदै छौँ, त्यहाँ हाम्रो टोली पठाएका छौँ,’ उनले भने। ती महिला मंगलवार राति शौचालय गएर आएपछि एक्कासी बेहोस भएकी थिइन्।

जेठ १८ गते श्रीमानसँगै भारतबाट आएकी महिला क्वारेन्टिनमा बसेकी थिइन्। उनका पति पनि क्वारेन्टिनमै छन्। उनमा कोरोना परीक्षण हुने भएको छ। कोरोना परीक्षणका लागि अब स्बाव संकलन गरिने डिएसपी न्यौपानेले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार