काठमाडाैं । गएरातीदेखि देशका अधिकांश स्थानमा भारी बर्षात भइरहेकाे छ । अविरल वर्षापछि आएको बाढी पहिरोको कारण देशभरकाे जनजिवन प्रभावित बनेकाे छ ।
वर्षापछि आएको बाढी पहिरोको कारण काठमाडौं प्रवेश गर्ने सबै सडक अवरुद्ध भएका छन्।
काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग नारायणगढ मुग्लिनसहितका सबै सडक बाढी पहिरोका कारण अवरुद्ध भएका हुन्।
नारायणगढ-मुग्लिन, बर्दिबास- सिन्धुली-बनेपा, हेटौँडा-कुलेखानी-बल्खु, कान्ति लोकपथसहित सबैजसो सडक पहिरोले अवरुद्ध हुँदा गएरातिदेखि नै काठमाडौं आवतजावत रोकिएको छ।
सडक अवरुद्ध हुँदा हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।