• शनिबार, साउन ९ २०८३

झापामा पाँच संक्रमित थपिए संगै संक्रमितको संख्या २१ सय नाघ्यो


मंगलबार, जेष्ठ २० २०७७
1.1K
Shares

विराटनगर । मंगलबार झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २१ सय ४ पुगेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा रहेका पाँच जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षण पोजेटिभ देखिएको हो ।

गत १३ गते भारतबाट स्वदेश फर्किएका उनिहरुको १४ गते नमुना संकलन गरी परिक्षणका लागि पठाइएको ६ दिन पछि नतिजा आएको हो । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका ३ र झापाका १ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोलानाथ अधिकारीले जानकारी दिए ।

रिपोर्ट पोजेटिभ आएपछि पाँचै जनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १७२ पुगेको छ भने ४८ जना निको भएर घर फर्किएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार