काठमाडौं । गोरखाको भिमसेन थापा गाउँपालिकाका एक मृगौलापिडितको उपचारका लागि ३ लाख रुपैया सहयोग गरिएको छ ।
सो गाउँपालिकाको वडा नम्बर ५ निवासी मृगौला पिडित प्रदिप दानकोटीलाई अमेरिकाबाट प्राप्त ३ लाख रुपैया हस्तान्तरण गरिएको छ ।
दानकोटी दुवै मृगौलाको रोगबाट केहि समयदेखि पिडित छन् । उनको हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।
आर्थिक अभावमा उपचारमा समस्या भएपछि गोर्खाली समाज अमेरिकाका उपाध्यक्ष समेत रहेका कृष्ण भट्टले अभियान मार्फत संकलन गरेर सो रकम दानकोटीलाई पठाएका थिए ।
अभियानमा नेपालबाट कुविर पौडेल र अजिब भट्टले समन्वय र सहजीकरण गरेको बताइएको छ । सो रकम पौडेल र भट्टले अस्पतालमा पुगेर आज हस्तान्तरण गरेका हुन् ।
साथै उनको उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले समेत आग्रह गरेको छ ।