काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आगामी २०२३–२५ कार्यकालका लागि अब्दुल वासिदले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्। एनआरएनएमा वर्तमान युवा संयोजक समेत रहेका वासिदले आगामी कार्यकालका लागि केन्द्रिय युवा उपाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् ।
एनआरएनएमा युवाको बृहत सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता उनका मूल मुद्दा हुन् । यिनै मुद्दा अघि सारेर बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन ।
लामो समयदेखि कतारलाई आफ्नो कर्मथलो बनाएका वासिद सफल व्यवसायीको रूपमा परिचित छन्। संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाइको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको उनले बताए।
‘सन् २०२३–२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छाअनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु’ उनले भने।
उनले एनआरएनए एनसीसी कतार र एनआरएनए आइसिसी तथा विभिन्न संघसंस्थामा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका उनले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, श्रमिकका मुद्दा उठाउँदै आइरहेका छन्।
उनले युवा स्वरोजगार, सामूहिक लगानी, सीप र पुँजीको सदुपयोग, एनआरएनएमा युवाहरूको आकर्षण बढाउने, सुरक्षित र मर्यादित वैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउने लगायत रहेको बताएका छन्।
वासिदले आफू एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ नामक होम अप्लाइन्स भित्राएका उनले सयौं नेपालीलाई रोजगारी दिएका छन् भने उनले विश्वभरका युवाहरूलाई एकीकृत, संगठित एवम् सशक्तिकरण गरी आफ्ना महत्वपूर्ण मुद्दाहरूमा आवाज उठाउन क्षमता विकास गराइ एनआरएनए मुभमेन्टमा सहभागी गराउन सफल भएका छन्।