• शनिबार, साउन ९ २०८३

बससेवा दशौं बर्षमा प्रवेश, दश दिनसम्म हरेक दिन १० जनाले निशुल्क यात्रा गर्न पाउने


आइतबार, साउन २१ २०८०
1.4K
Shares

काठमाडौं । नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकम नवौँ वार्षिक उत्सव पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर वि.सं. २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा दशौँ वर्षमा प्रवेश गरेको हो ।

यो अवधिमा बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्न सक्षम भएको छ । साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

हाल दैनिक ३ हजार भन्दा बढि यात्रुले बससेवा मार्फत टिकट काटी यात्रा गर्दै आएका छन् । यो बिचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले राजधानी काठमाडौको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ । सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् भने लाउञ्बाट सिधै बस चढ्न सकिन्छ । जसले गर्दा यात्रुहरूलाई सडकमा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

स्थापना भएको अर्को वर्ष अर्थात् २०७२ सालमा विनासकारी भूकम्प, नाकाबन्दी, जस्ता कुराको मार खेपेको बससेवाले यो बिचमा कोभिड महामारीका कारण भएको लकडाउनमा पनि लामो समय समस्या झेल्नुपर्यो । अनौपचारिक क्षेत्र मानिएको र प्रविधिको प्रयोग शुन्य रहेको यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन बससेवाले लामै कसरत गर्नुपरेपनि हाल बससेवाप्रति आम यातायात व्यवसायी र यात्री आकर्षित हुँदै गएका छन् ।

दशौँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भने ‘ बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइन मार्फत टिकट प्रदान गर्ने उदेश्यले आफ्नो सेवा सुरू गरेको हो । हामीले यो बिचमा विभिन्न उतारचढाव बेहोर्नुपरेपनि आम यात्रु र यातायात व्यवसायीले देखाउनुभएको विश्वास प्रति म धन्यवाद दिन चाहान्छु । आगामी दिनमा हामीले हाम्रो सेवालाई थप प्रभावकारी बनाउँदै आम यात्रुलाई सहज हुनेगरी सेवा विस्तार गर्दै जानेछौँ ।’

साथै उनले आगामी दिनमा देशका बिभिन्न पर्यटकिय स्थलहरुमा भ्रमण प्याकेजको समेत ब्यवस्था बससेवाले गर्न लागेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा बससेवाका प्रमुख मार्केटिङ अधिकृत कमल प्रसाद गौतमले समान तथा यात्रुहरुको सहजतासहितको यात्राका लागि यो सेवा सञ्चालन गरिएको बताए । अबको दिनमा यातायात क्षेत्रलाई सरकारले समेत डिजिटल बनाउन तिर ध्यान दिनुपर्ने र त्यसका लागि आफूहरु सहयोग र समन्वय गर्न तयार रहेको बताए ।

यसैबिच बससेवाले १० औँ वर्ष प्रवेशका अवसरमा दशदिनसम्म हरेक दिन दशजनाले निशुल्क यात्रा गर्न सक्ने अफर सार्बजनिक गरेको छ । हरेक दिन गोलाप्रथा मार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिनेछ । विजेताको नाम बससेवाको आधिकारिक फेशबुकपेज मार्फत सार्बजनिक गरिनेछ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बसटिकट काट्न सकिने सेवा प्रदायक हो । यात्रुहरुले कुनैपनि गन्तव्यका टिकट सहजै बससेवा डटकम र बससेवाको मोबाईल एप्स् मार्फत टिकट काट्न सक्नुहुनेछ ।

बससेवाले कलंकीमा यात्रु सहायता प्रतिक्षालय समेत सञ्चालन गर्दै आएको र आगामी दिनमा कोटेश्वर लगायतका स्थानमा सो सेवा सञ्चालनको योजना रहेको कम्पनीले जनाएको छ । सो प्रतिक्षालयले यात्रुलाई खानेपानीसहित गन्तब्यसम्म पु¥याउन सहजीकरण गर्दै आएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार