• शुक्रबार, साउन ८ २०८३

आँखा पाक्ने रोग फैलिन थालेपछि चितवनका शिक्षण संस्था बन्द

भरतपुर महानगरपालिकासहित रत्ननगर र खैरहनी नगरपालिकाले विद्यालय बन्द गराएको हो


आइतबार, साउन २१ २०८०
1.7K
Shares

चितवन। जिल्लामा आँखा पाँक्ने रोग ब्यापक फैलिन थालेपछि चितवनका पालिकाहरुले विद्यालयहरु धमाधम बन्द गर्न थालेका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् ।

भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै महानगरका २९ वटै वडामा रहेका विद्यालय साउन २२ गतेदेखि २६ गतेसम्म ५ दिन बन्द गर्ने निर्णय भएको जनाएको छ ।

आँखा पाक्ने रोगको संक्रमण बृद्धि हुँदै गएको र विद्यालयमा समेत संक्रमणको असर बढ्दै गएको पाईएको हुँदा विशेषज्ञको परामर्श समेतका आधारमा हिउँदे वा वर्षे विदाबाट मिलान गर्ने गरी विदा दिईएको सूचनामा जनाईएको छ ।

महानगरले सामुदायिक तथा संस्थागत विद्यालयहरु, प्रारम्भिक बाल शिक्षक, बाल विकास केन्द्र, मन्टेश्वरी, किण्डर गार्डेन बन्द रहने सूचनामा उल्लेख गरेको छ । यस्तैं, रत्ननगर नगरपालिकाले सबै विद्यालयहरुलाई साउन २२ देखि २४ गतेसम्म  बन्द गर्न सूचना जारी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार