• मंगलबार, असोज १३ २०८३

थपिए २८८ कोरोना संक्रमित, कुल संक्रमितको संख्या दुई हजार माथी


मंगलबार, जेष्ठ २० २०७७
770
Shares

काठमाण्डौ । आज थप २८८ जना कोरोनाका नयाँ संक्रमित पुष्टि भएको छ । यो वृद्धि २४ घण्टा भित्रमा भएको अहिलेसम्मकै बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपरासी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको जानकारी दिए।

यो सँगै नेपालमा संक्रमित संख्या २०९९ पुगेको छ। तीमध्ये २६६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार