सुदिप श्रेष्ठ
गो्रखा । शहिद लखन गाउँपालिकाले गाउँपालिका भित्रका ५३ जना गर्भवतिको निःशुल्क ग्रामिण अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा दिएका छन् । गाउँपालिका भित्रका ९ वडाका उक्त गर्भवति महिलालाई अल्ट्रासाउण्ड सेवा दिएका हुन् ।
साउन १६ देखिसुरु भएको कार्यक्रम साउन २० गते सम्म सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाको बक्राङ स्वास्थ्य चौकीबाट ४ जना, मनकामना आधारभुत स्वास्थ्य केन्द्रबाट ८ जना, मनकामना स्वास्थ्य चौकीबाट ६ जना, ताक्लुङ्ग स्वास्थ्य चौकीबाट १० जना, ताक्लुङ्ग आधारभुत स्वास्थ्य केन्द्रबाट ३ जना, घैरूङ्ग स्वास्थ्य चौकीबाट ७ जना, बुंकोट स्वास्थ्य चौकीबाट ६ जना , बुंकोट आधारभुत स्वास्थ्य केन्द्रबाट ५ जना र नाम्जुङ्ग स्वास्थ्य चौकीबाट ४ जनालाई सेवा दिएको उनले बताए ।

गाउँपालिकाले २०७५/०७६ देखि आफ्नै बजेटमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरेको हो । ‘सेवा प्रदान गर्नाले गर्भवति महिला गर्भमा रहेको बच्चाको अवस्थाबारे गोरखा अस्पताल जानु पर्दैन्’ उनले भने, ‘गभवति महिलालाई टोलटोलमा गएर सेवा दिने गरेका छौ ।’
सोही अवसरमा १३ जना महिलालाई इम्प्लान्ट सेवा प्रदान गरेको गाउँपालिकाले जनाएको छ । गाउमै ग्रामिण अल्ट्रासाउण्ड सेवा पाउपछि गर्भवति महिलाहरु खुसी छन् ।