• शनिबार, साउन ९ २०८३

गोरखा बसपार्क टोलको अध्यक्षमा काजी मियाँ सर्वसम्मत


आइतबार, साउन २१ २०८०
5.2K
Shares

गोरखा । बसपार्क टोल विकास संस्थाको अध्यक्षमा मोहम्मद कलाम मियाँ (काजी) सर्वसम्मत चयन भएका छन् ।

गोरखा नगरपालिका वडा नम्बर ६ स्थित टोल विकास संस्थाको १४ औं साधारण सभा तथा पाँचौं अधिवेशनबाट मियाँ अध्यक्षमा चउयन भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा अयोध्या जोशी, सचिवमा सिता थापा राना, कोषाध्यक्ष मिरिना श्रेष्ठ र सहसचिव राजकुमार श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै संस्थाको कार्यसमिति सदस्यमा शकुन्तला मास्के, दिपकबाबु श्रेष्ठ, पम्फा श्रेष्ठ, गणेशकुमारी श्रेष्ठ, काजीमान श्रेष्ठ र सानुकाजी श्रेष्ठ निर्विरोध चयन भएको संस्थाले जनाएको छ ।

अधिवशेन उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष शान्ति श्रेष्ठको अध्यक्षता तथा वडा नम्बर ६ का वडाध्यक्ष्य दिलिप जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

अधिवशेनको बन्दसत्रमा सचिव भरत श्रेष्ठले संस्थाले सञ्चालन गरेका गतिविधी तथा कार्यक्रमसहितको प्रतिवेदन र कोषाध्यक्ष सुनिता श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु धिरजबहादुर मास्के, भगवानबाबु मास्के, सुरेशमान श्रेष्ठ, दिलबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार