काठमाण्डौ । काठमाण्डौको तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ ।
गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उहाँकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिए ।
उहाँका अनुसार गणेश तामाङकी श्रीमती र छोरा घाइते भएका छन्।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो ।
तस्विर: साँकेतिक