धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिशाजन्य ब्याक्टेरिया कोलिफर्म मिसिएको पाइएको छ।
धरानमा फोहोर पानीको कारण डेंगुको महामारीसँगै आँखा पाक्ने, जीउ चिलाउने जस्ता स्वास्थ्य समस्याहरु देखापरेको जनगुनासो बढेपछि गरिएको परीक्षणबाट फिकल कोलिफर्म मिसिएको पुष्टि भएको हो।
धरानमा वितरण भइरहेको विभिन्न ७ ठाउँको पिउने पानीको नमुना संकलन गरेर परीक्षण गर्दा बोरिङ गरिएको पानीमा मात्र कोलिफर्म छैन। अन्य ६ ठाउँको खोला (सतह) को स्रोतको पानीमा भने फिकल कोलिफर्म भेटिएको राष्ट्रिय स्वतन्त्र पार्टी धरानका सचिव सुमन श्रेष्ठले जानकारी दिए।
पिउने पानीमा कोलिफर्म मिसिएको पुष्टि भएपछि रास्वपाले बिहीबार मेयर हर्क साम्पाङलाई रिपोर्टसहित ध्यानाकर्षण पत्र बुझाएको छ।