काठमाडौँ । काठमाडौं महानगरपालिकाले साउन २१ देखि २४ गतेसम्म कोभिड–१९ बिरुद्ध खोप अभियान चलाउने भएको छ ।
कोरोनाबिरुद्ध खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकालाई लक्षित गर्दै काठमाडौं महानगरले साउन २१ देखि २४ गतेसम्म खोप अभियान चलाउने भएको हो । १२ वर्ष माथिका सम्पूर्ण नागरिकलाई खोप लगाइनेछ ।
महानगरपालिकाका अनुसार वडा नम्बर ६, ११, १२, १४, १५,१७, १९, ३१ र ३२ नम्बर वडाभित्र खोप लगाइनेछ । यसअघि कोरोनाबिरुद्धको खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएका काठमाडौंमा बसोवास गर्ने सबैखाले नागरिकले खोप लगाउन सक्नेछन् ।
जसअन्तर्गत वडा नम्बर ११ को त्रिपुरेश्वरस्थित विश्वनिकेतन विद्यालय, वडा नम्बर १७ को वडा कार्यालय, वडा नम्बर ३१ को शहरी स्वास्थ्य क्लिनिक भीमसेनगोला, वडा नम्बर १४ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र कुलेश्वर, वडा नम्बर ६ को वडा कार्यालय, वडा नम्बर १२ को कुमुदिनी मावि टेकु, वडा नम्बर ३२ को वडा कार्यालय र वडा नम्बर १५ को सामुदायिक स्वास्थ्य सेवा स्वयम्भूमा खोप अभियान सञ्चालन गरिनेछ ।